प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस

काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव टेबुल गरेका हुन् । अविश्वासको प्रस्तावको समर्थक लक्ष्मण तिवारी रहनुभएको छ । मुख्यमन्त्री राई विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले १२ पुसमा…