काठमाडौं । नेपाल एयरलाइन्सले हङकङ उडानको हकमा अब पीसीआर परीक्षणको समय सीमामा हेरफेर गरेको छ । यसअघि उडान हुनुभन्दा बढीमा ७२ घण्टाभित्रको कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट चाहिनेमा अब बढीमा ४८ घण्टाको रिपोर्ट आवश्यक पर्ने एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । नेपाल एयरलाइन्समार्फत् हङकङ गएका यात्रुहरुमा त्यहाँको विमानस्थलमा कोरोना परीक्षण गर्दा पोजिटिभ आएपछि नेपाल…