राष्ट्र बैंकको नीतिले निक्षेपकर्ता थप मारमा, मुद्दति निक्षेपको ब्याजदर घटाउने बैंकहरुको तयारी

काठमाडौं । बैंकिङ प्रणालीमा अहिले करिब २ खर्ब रुपैयाँ अधिक तरलता छ । लगानी योग्य रकम बैंकहरुमा थुप्रिएका कारण बैंकहरुको ब्याज खर्च बढ्दो छ । खर्च व्यवस्थापन गर्न बैंकहरुले पछिल्लो समय निक्षेपको ब्याजदर घटाइरहेका छन् । यसैबीच नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षा गर्दै निक्षेपको ब्याजदरमा स्प्रेड तोकिदिएको छ ।…