बजारमा दशैँ चहलपहलः व्यापारी भन्छन्- हिँड्ने बढे, किन्ने बढेनन्

काठमाडौ । मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन् । कोरोनाकालका बीच हिन्दू नेपालीको महान् पर्व बडादशैँको मुख्य दिन आउनैलाग्दा उपत्यकाका अघिल्लो महिनाको तुलनामा व्यापारिक चहलपहल केही बढे पनि सोचेअनुसारका उपभोक्ता बजारमा पुग्न सकेका छैनन्…