काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भोलि हुने भएको छ । उद्घाटन कात्तिक ५ गते बुधबारको दिन दिउँसो १२ बजे हुने तय भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताए । राष्ट्रपति विद्यादेवि भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने मन्त्री श्रेष्ठले बताए ।…