काठमाडौं । तिनकुनेको कृषि बजारमा आलुको बोराले छोपेर प्याज भण्डार गर्ने तीन व्यापारीको कारोबार रोक्का गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले बिहीबार विहान अनुगमन गरी व्यापारीको कारोबार रोक्का गरेको हो । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै व्यापारीहरूले कालोबजारी गरेकाले अनुगमन विभाग तथा उपत्यकाका महानगरपालिकाले तीब्र अनुगमन शुरू गरेको छ । उक्त…