गोकर्णेश्वरले नगरवासीका घर घरमा ग्यास, खाद्य सामग्री पुर्याउने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पुर्याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा नै बन्द गर्नुपर्ने भयो भन्दै फोनबाट गुनासो गरेपछि शनिबारदेखि नै नगरपालिकाले यो सेवा दिन लागेको नगरप्रमुख सन्तोष चालिसेले…