काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले बुधबार लकडाउनको समयमा नै सेयर बजार खोल्ने निर्णय गर्यो । त्यसलगत्तै क्लिकमाण्डूसँग कुरा गर्दै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आगामी मंगलबारदेखि सेयर कारोबार सुचारु गर्ने जानकारी दिए । यो समाचारले लगानीकर्ताहरुलाई दुःखी भन्दै आलोचना शुरु भएको छ । मंगलबारबाट बजार खुला…