काठमाडौं । छिमेकी मुलुक भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका डोटी जिल्लाका १७५ जना स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले दिएको जानकारीअनुसार मङ्गलबार कैलालीको त्रिनगर भन्सार कार्यालय हुँदै डोटी आएका १७५ स्थानीयवासीलाई जिल्लाको बडीकेदार गाउँपालिकास्थित बिपीनगर, शिखर नगरपालिका तल्कोट र दिपायल सिलगढी नगरपालिका राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ ।…