काठमाडौं । नोभल कोभिड–१९ रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरेको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (कोभिड–१९०) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ स्वीकृत गरेको हो । मन्त्री भट्टराईको संयोजकत्वमा रहेको कार्यदलले…