काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कंडेलले चालु आर्थिक वर्षका ८.५ प्रतिशतको आर्थिक वृद्धि नपुग्ने दाबी गरेका छन् । बुधबार अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन । पुँजीगत खर्चमा गत वर्षको भन्दा तात्विक सुधार केही पनि नभएको उनको भनाई छ । ‘गत वर्षहरुमा पनि पहिलो चौमासिकमा त्यति धेरै खर्च नहुने रहेछ, यो वर्ष…