जनप्रतिनिधिको गुनासोः कानूनी अस्पष्टताका कारण विकासमा समस्या भयो

काठमाडौँ । कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले आयोजना गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त विचार राखेका हुन ।…