काठमाडौं । भूकम्पबाट अति प्रभावित जिल्लामा नेपाल टेलिकमले निशुल्क इन्टरनेट सेवा दिने भएको छ । दुईवर्षसम्मको लागि टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा पुर्याउने भएको हो । टेलिकमले ग्रामिण दुर संचार कोषमा भएको २१ करोड १६ लाख रुपैयाँ खर्च गरेर भूकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा विस्तार गर्न लागेको हो । भूकम्प प्रभावित…