उपत्यकाको विद्युत् तार भूमिगत गर्ने काम ठप्प, आयोजना प्रमुख भन्छन्- वार्षिक लक्ष्य भेट्छौं

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको विद्युत् वितरण प्रणालीलाई अत्याधुनिक र प्रविधिमैत्री बनाउन भन्दै नेपाल विद्युत प्राधिकरणले गतवर्षबाट शुरु गरेको काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाको काम निषेधाज्ञा पछि ठप्प भएको छ । गत वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञापछि विकास निर्माणका काममा पछिल्लो एक हप्ता मात्रै रोक लगाइएको थियो । तर कामदारहरु आउन छोडेपछि आयोजनाको दैनिक…