काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद झन् बल्झिने देखिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले जसरी भएपनि महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने तयारी गरिरहेको छ । डा. मिनेन्द्र रिजाल नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा प्राधिकरण आफैं महशुल उठाउन नलागे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै सिफरिस गर्ने तयारी गरेको छ ।…