२ मंसिर, काठमाडौं । तिहारअघिको हप्तादेखि काठमाडौं उपत्यका पूर्णरुपमा लोडसेडिङमुक्त छ । टान्सफमर पड्किएका कारण विभिन्न स्थानहरुमा भने अझै पनि लोडसेडि भइरहेको छ । देशभर लोडसेडिङ अन्त्य गर्ने सोचका साथ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाइलट प्रोजेक्टकारुपमा उपत्यकाबाट लोडसेडिङ हटाएका हुन् । ‘हामी पहिलो चरणमा काठमाडौं उपत्यकामा कसरी लोडसेडिङ हुन नदिने भनेर काम…