कोभिड खोपका लागि ४८ अर्ब आवश्यक, स्वास्थ्य मन्त्रालयले माग्यो ३३ अर्ब बजेट

काठमाडौं । कोभिड १९ महामारी विरुद्धको खोप व्यवस्थापन गर्नका लागि ४८ अर्ब रुपैयाँ बराबर खर्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि खर्च हुने अन्य रकम बाहेक खोप किन्ने प्रयोजनका लागि मात्र मन्त्रालयले ३३ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ। अर्थ समितिले बिहीबार…