कोटेश्वर-कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

काठमाडौं । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ । कोटेश्वर-कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताए । चीन सरकारको सहयोगमा केही वर्ष पहिले विस्तार भएको यो…