सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिए । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो…