काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारी सर्वसम्मत चयनको संभावना करीब करीब सकिएको छ । पूर्वअध्यक्षहरुले यो संकटको समयमा निजी क्षेत्रको एकता कायम राख्नका लागि महासंघमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने निष्कर्श निकाल्दै लामो समय सहमति जुटाउने प्रयास गरेका थिए । पूर्वअध्यक्षहरुको संयुक्त भेलाले रविभक्त श्रेष्ठ र महेश्वरलाल श्रेष्ठलाई उम्मेद्धारहरुबीच सहमति जुटाउने जिम्मेवारी…