२७ मध्ये १८ वटा बैंकको नाफा घट्यो, मर्जरको फाइदा उठाउँदै ग्लोवल आईएमई नाफामा फस्ट

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ वटा बैंकको नाफा मात्रै बढेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर बैंकहरुको नाफामा परेको हो । कोरोनाका कारण बैंकहरुको व्यवसाय विस्तारमा असर पर्नुका साथै कर्जा नउठ्दा त्यसको प्रत्यक्ष असर नाफामा परेको छ ।…