काठमाडौं । नेवार समूदायका केही समूहले आज (मंगलबार) भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिएको छ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला हुने भएको हो । दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा…