काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार धुमधामसँग मनाईरहेका छन् । तिहारको तेस्रो दिन आज लक्ष्मीको पूजा गरेर तिहार मनाईँदै छ । आजको दिन गाईको पूजाका साथमा बेलुका लक्ष्मीको पूजा गरेर लक्ष्मी पूजा मनाउने गरिन्छ । आजको दिन लक्ष्मीका साथमा भगवान गणेशको पूजा समेत गरिन्छ । आजको रात लक्ष्मी स्वयं पृथ्वी लोकमा आउने विश्वास गरिन्छ…