काठमाडौं । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको जोखिम बढेको भन्दै अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको…