व्यवसायी सुरज वैद्यको सिमेन्ट उद्योग ह्वासिनलाई २० मेगावट विद्युत्

काठमाडौं । चिनियाँ लगानीको ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई २० मेगावाट विद्युत् आवश्यक पर्ने भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित ताल्तीमा निर्माणाधिन अवस्थामा रहेको उक्त उद्योगलाई आवश्यक पर्ने विद्युतका लागि प्रसारणलाइन निर्माण शुरु गर्न लागिएको छ । विद्युत् विकास विभागले आइतबार एक सूचना प्रकाशित गर्दै १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको जनाएको छ…