मेलम्चीको पानी आउनै लाग्दा ३५ हजार मिटर पाइप क्षतिग्रस्त, कहिले बन्ला ?

काठमाडौं । २७ वर्षपछि मेलम्चीको पानी काठमाडौं आउँनै लाग्दा काठमाडौंबासीका घरघरमा पानी पुर्याउने ३५ हजार मिटर पाइप क्षतिग्रस्त अवस्थामा छन् । जसले गर्दा मेलम्चीको पानीको बहाव काठमाडौंका ती पाइपले थेग्न नसक्ने भएका हुन् । यसले काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने भयो भनेर खुसी मनाइरहेकाहरुका लागि निराश बनाएको छ । आइतबार सुन्दरीजलसम्मको २६ किलोमिटर सुरुङमा पानी…