आर्थिक ज्योतिषहरुले अर्थतन्त्रको प्रक्षेपण गरिरहेका छन्, हामी पनि हेरिरहेका छौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक ज्योतिषहरुले अर्थतन्त्र कसरी जान्छ भनेर प्रक्षेपण गरिरहेकोे बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आर्थिक विधेयक–२०७७ पेश गर्दै मन्त्री खतिवडाले अहिले आफूले पनि हेरिरहेका जानकारी गराउँदै प्रक्षेपण केवल प्रक्षेपण मात्रै भएको बताए । कोरोना भाइरस महामारीको असर कति लामो समय जानसक्छ भन्ने असर हामीले कसरी यसलाई न्यूनिकरण गर्छौ त्यसमा भर…