सनसिटी अपार्टमेन्टमा बस्ने २९६ जनामा कोरोना परीक्षण नेगेटिभ

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २९६ जनामा कोरोना परीक्षण नेगेटिभ देखिएको छ । सोही अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना देखिएपछि त्यहाँ बस्ने २९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । अपार्टमेन्ट बसेनेहरुको बुधबार विहान साढे ९ बजेदेखि परीक्षण शुरु गरिएको थियो । सनसिटीमा पाँच भवनमा ५ सय परिवार बल्दै आएका छन् ।