कोरोनाको महामारीमा उपचार गर्न अस्पताल नजाने ५ चिकित्सक निष्काशित   

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विना जानकारी अनुपस्थित ५ जना चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर…