कतार एयरवेजबाट आएकी बाग्लुङकी अर्की युवतीमा पनि कोरोना पुष्टि, बिरामीको संख्या ६ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको छैठाैं बिरामी देखिएको छ । कतार एयरवेयजबाट चैत ४ गते आएका नेपाली नागरिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चैत ४ गते कतार एयरवेयजको क्युआर ६५२ नम्बरको फ्लाइटबाट काठमाडौं आएका व्यक्तिमा परीक्षणको क्रममा पोजेटिभ देखिएको हो । यसअघि सो फ्लाइटबाट आएका दुईजनामा कोरोना पोजेटिभ देखिएको थियो ।…