काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बनेको २ वर्ष पूरा भएको छ । दुई तिहाइको मतबाट बनेको बलियो सरकारको काम भने अपेक्षाकृत उपलब्धीपूर्ण हुन सकेको छैन । बलियो सरकार भएकाले विकास निर्माणको काम जनताले अपेक्षा गरे बमोजिम हुन्छ भन्ने धेरैको आशा थियो । तर यसको ठीक विपरीत सरकारले प्रसंशाभन्दा बढी आलोचना खेपेको छ ।…