काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले क्षतिपुर्ती दिएर व्यक्तिको नीजि सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यसँग नभएको बताएकी छिन् । राज्यले निजी सम्पत्तिको रुपमा दिइसकेकाले राज्यले चाहेर पनि व्यक्तिको नीजि सम्पत्ति उलटपुलट पार्न नसक्ने मन्त्री अर्यालले स्पष्ट पारेकी छिन् । व्यक्तिको नीजि सम्पत्तिको रक्षा गर्ने दायित्व राज्यको हुनेछ भनेर संविधानमा…