काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तको दिन मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार हुने २५ वटा कम्पनीले वार्षिक साधारणसभा गर्दैछन् । कम्पनी ऐन अनुसार आर्थिक वर्षको ६ महिनाभित्रमा नै साधारणसभा गरिसक्नु पर्ने प्रवधान भएकाले अधिकांश कम्पनीले अन्तिम दिन साधारणसभा बोलाएका हुन् । साधारणसभा बोलाउन ढिलाइ गरेर अन्तिम समयमा सभा बोलाउनेमा ७ वटा विकास बैंक,…