काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आर्थिक वर्ष २०७५-७६ मा वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भई ९७ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ११.४ प्रतिशतले वृद्धि भएको थियो । गत आवमा गन्तव्यका आधारमा भारततर्फ ३४.३ प्रतिशत र अन्य मुलुकतर्फ ०.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै चीनतर्फको निर्यातमा १३.५ प्रतिशतले…