पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्- सरकार ढल्ने डरले सांसदलाई ६ करोड बाँडियो

काठमाडौं । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदलाई ६ करोड रुपैयाँ दिने निर्णयको विरोध गरेका छन् । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि बोल्दै गर्दै क्षेत्रीले सरकार ढल्ने डरले मात्रै वर्तमान विद्धान अर्थमन्त्रीले सांसदलाई उक्त रकम दिन बाध्य भएको टिप्पणी गरे । ‘सांसदलाई बजेट दिने विषयमा धेरै विरोध भयो, तै पनि बजेट सडकबाट पारित हुँदैन, संसदबाट पारित…