काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले दिने ब्यक्तिगत ओभरड्राफ्ट कर्जामा कडाइ गर्ने भएको छ । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले ओभरड्राफ्टमा कडाइ गर्ने भएको हो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले यसैसाता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजानिक गर्दैछन् । अहिले बैंकहरुले ७५ लाख रुपैयाँसम्म व्यक्तिगत ओभरड्राफ्ट ऋण दिन पाउँछन् ।…