चीनमा असफल भई बैंकहरुलाई खर्बौं डलर खर्च गरी धमाधम उद्दार गर्न थालिएको बेला निर्देशित कर्जाको मोडेललाई नेपालमा भने अझ विस्तार गरिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस्तो कर्जा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएपछि नेपालका बैंकहरु ठूलो संकटतर्फ धकेलिएका छन् । उदार नीति अवलम्वन गरिएपछि वित्तीय क्षेत्रमा ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी आकर्षित…