व्यवसायीसँग उपप्रधानमन्त्रीले भने- अर्थमन्त्रीसँग कुरा गरेर कर तिर्न सहज बनाउँछु

काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरेलले अर्थमन्त्री युवराज खतिवडासँग कुरा गरेर कर तिर्नका लागि सहज वातावरण वनाउने बताएका छन् । मंगलबार दिउँसो आधा दर्जन उद्योगीसँगको भेटमा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् । मंगलबार मात्रै अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले यही जेठ २५ गतेभित्र कर तथा भ्याट तिर्नका लागि सार्वजनिक सूचना नै प्रकाशन गरेको थियो ।…