बिरामीलाई अस्पताल, संक्रमितलाई घरमै राख्न सकिन्छः प्रवक्ता विकास देवकोटा

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित र बिरामीलाई छुट्टाउनु पर्ने बताएका छन् । नेपाल टेलिभिजनसँग कुरा गर्दै प्रवक्ता देवकोटाले बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने र संक्रमित घरमै राख्न सकिने बताए । ‘बिरामी र संक्रमितको परिभाषा फरक पारेर संक्रमितलाई घर मै राख्ने भन्ने पनि हुन सक्छ भने बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार…