काठमाडौं। नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले कोरोनाका कारण सृजित अवसरलाई उपयोग गर्ने संकल्प, साहस र सृजनात्मकता सरकारले देखाउन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा आज पूर्वबजेट छलफलमा भाग लिँदै उनले अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको प्रस्तावमा नयाँपन केही नभेटिएको बताए। नवप्रवद्र्धनको मौका, डिजिटल गराउने असर तर्फ पनि सरकारको पट्क्कै ध्यान…