वैशाख अन्तिम साता नेपाली आकाशमा धूमकेतु नामक पुच्छ्रेतारा देखियो   

काठमाडाैं । बैशाख महिनाको अन्तिम साता नेपालबाट एउटा धूमकेतु पुच्छ्रेतारा  देखिइरहेको खगोलविद्ले जनाएका छन् । खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रेतारा राखेका छन् । यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले  जानकारी दिए । नेपालबाट बिहानको समयमा उत्तरपूर्वी आकाशमा मीन राशिमा पुच्छ्रेतारा देखिने छ…