लिपुलेक जाने बाटो बनाउँदै नेपाली सेना, ५० प्रतिशत काम सकियो

काठमाडौं । नेपाली सेनाले लिपुलेक जाने घोरेटो बाटो निर्माणको काम ५० प्रतिशत सम्पन्न गरेको छ । नेपाली भूमिमै जान पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारको निर्देशनमा नेपाली सेनाले दार्चुलाको घाँटीबगरदेखि छाङरु टिंकरसम्मको बाटोको २५० मिटर ट्रयाक खोलिसकेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले ट्विटमार्फत् लिपुलेक जाने ४५० मिटरमध्ये २५० मिटर…