काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रिपरिषद्बाट स्वीकृत गरेको नक्सा सार्वजनिक नगर्न आग्रह गरेकी छिन् । मन्त्री अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत गलत नक्सा प्रयोग नगर्न अनुरोध गरेकी हुन् । सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन्…