अर्थमन्त्रीले भने- साइबर सेक्यूरिटीमा सजग रहन मैले १८ दिनअघि राष्ट्र बैंकलाई पत्र पठाएको थिएँ

काठमाडौं । चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको नक्कली भिसा कार्ड बनाई करोडौं रुपैयाँ लुटेको ६ दिनपछि यस विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुख खोलेका छन् । मन्त्री खतिवडाले आफूले १८ दिनअघि नै साइबर सेक्युरिटीमा सजग रहन भन्दै राष्ट्र बैंकलाई पत्र पठाएको बताएका छन् । ‘अहिले व्यक्तिगत खाताको पैसा परेन भन्दैमा जोखिम छैन भन्ने कुरा छैन, यसबारे…