प्रदेश नम्बर २ का अर्थमन्त्री यादवको ललितपुरस्थित घरमा चोरी

काठमाडौं । मंगलबार राति प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको घरमा चोरी भएको छ । ललितपुरको इमाडोलस्थित बोजेपोखरीमा रहेको मन्त्री यादवको घरमा गएराति १ बजेदेखि २ बजेबीचमा चोरी भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार उक्त समयमा घरको पर्खालबाट दोस्रो तलाको कौसीमा चढेर खुला रहेको सानो…